अनुसूची
कार्यालय र कार्यालय प्रमुख

अनुसूची–२
(नियम ८ सँग सम्बन्धित)

१. कार्यालय र कार्यालय प्रमुख : देहायका प्रहरी कार्यालयहरूमा देहायका कार्यालय प्रमुखहरू रहनेछन् :–
(क) प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षक
(ख) राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान – कार्यकारी निर्देशक (प्रहरी अतिरीक्त महानिरीक्षक)
(ग) महानगरीय प्रहरी कार्यालय – प्रहरी आयुक्त (प्रहरी अतिरीक्त महानिरीक्षक)
(घ) नेपाल प्रहरी अस्पताल – मेडकिल डाइरेक्टर (प्रहरी अतिरीक्त महानिरीक्षक)
(ङ) क्षेत्रीय प्रहरी कार्यालय – प्रहरी अतिरीक्त महानिरीक्षक÷प्रहरी नायव महानिरीक्षक
(च)महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय – प्रहरी नायव महानिरीक्षक
(छ) लागूऔषध नियन्त्रण व्यूरो – प्रहरी नायव महानिरीक्षक
(ज) महानगरीय ट्राफिक प्रहरी महाशाखा – प्रहरी नायव महानिरीक्षक
(झ) केन्दीय अनुसन्धान व्यूरो – प्रहरी नायव महानिरीक्षक
(ञ) विशेष व्यूरो प्रहरी नायव महानिरीक्षक
(ट) अपराध अनुसन्धान विद्यालय – प्रहरी नायव महानिरीक्षक
(ट१) मानव बेचबिखन अनुसन्धान ब्यूरो - प्रहरी वरिष्ठ उपरीक्षक
(ट२) साइबर ब्यूरो - प्रहरी नायव महानिरीक्षक/प्रहरी (ठ) अञ्चल प्रहरी कार्यालय – प्रहरी वरिष्ठ उपरीक्षक
(ड) महानगरीय अपराध महाशाखा सह–आयुक्त (प्रहरी वरिष्ठ उपरीक्षक)
(ढ) महानगरीय प्रहरी परिसर – प्रहरी वरिष्ठ उपरीक्षक÷प्रहरी उपरीक्षक
(ण) महानगरीय प्रहरी शिक्षालय – समादेशक (प्रहरी वरिष्ठ उपरीक्षक÷प्रहरी उपरीक्षक)
(त) सशस्त्र प्रहरी गण – गण प्रमुख (प्रहरी उपरीक्षक )
(थ) सशस्त्र प्रहरी तालीम केन्द्र – समादेशक (प्रहरी उपरीक्षक)
(द) प्रहरी पहरा गण – गण प्रमुख (प्रहरी उपरीक्षक)
(ध) जिल्ला प्रहरी कार्यालय – प्रहरी उपरीक्षक वा प्रहरी नायव उपरीक्षक
(न) दङ्गा नियन्त्रण प्रहरी गण – गण प्रमुख (प्रहरी उपरीक्षक)
(प) क्षेत्रीय प्रहरी अस्पताल – प्रहरी उपरीक्षक÷प्रहरी नायव उपरीक्षक व÷प्रहरी निरीक्षक
(फ) क्षेत्रीय प्रहरी तालीम केन्द्र – समादेशक (प्रहरी वरिष्ठ उपरीक्षक)

(ब) केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला प्रहरी नायव महानिरीक्षक÷प्रहरी वरिष्ठ उपरीक्षक
(भ) महानगरीय ट्राफिक प्रहरी परिसर – प्रहरी नायव उपरीक्षक
(म) महानगरीय पर्यटक प्रहरी – प्रहरी नायव उपरीक्षक
(य) नेपाल प्रहरी सङ्गीत विद्यालय – प्रहरी उपरीक्षक÷प्रहरी नायव उपरीक्षक
(र) महानगरीय नगर प्रहरी कार्यालय – प्रहरी उपरीक्षक वा प्रहरी नायव उपरीक्षक
(ल) महानगरीय प्रहरी वृत्त – प्रहरी नायव उपरीक्षक
(व) ट्राफिक प्रहरी कार्यालय – प्रहरी नायव उपरीक्षक÷प्रहरी निरीक्षक÷प्रहरी वरिष्ठ नायब निरीक्षक/प्रहरी नायब निरीक्षक
(श) विमानस्थल सुरक्षा गार्ड – प्रहरी नायव उपरीक्षक÷प्रहरी निरीक्षक÷प्रहरी वरिष्ठ नायब निरीक्षक/प्रहरी नायब निरीक्षक
(ष) महानगरीय ट्राफिक प्रहरी वृत्त – प्रहरी निरीक्षक
(स) महानगरीय सामुदायिक प्रहरी – प्रहरी निरीक्षक
(ह) सशस्त्र प्रहरी गुल्म – गुल्म प्रमुख (प्रहरी निरीक्षक)

(क्ष) इलाका प्रहरी कार्यालय – प्रहरी नायव उपरिक्षक÷प्रहरी निरीक्षक÷प्रहरी वरिष्ठ नायब निरीक्षक/प्रहरी नायब निरीक्षक
(त्र) वडा प्रहरी कार्यालय – प्रहरी निरीक्षक÷प्रहरी वरिष्ठ नायब निरीक्षक/प्रहरी नायब निरीक्षक
(ज्ञ) महानगरीय प्रहरी प्रभाग – प्रहरी निरीक्षक
(ज्ञक) नगर प्रहरी कार्यालय – प्रहरी निरीक्षक
(ज्ञख) सशस्त्र प्रहरी सेनामुख – प्रहरी वरिष्ठ नायव निरीक्षक
(ज्ञग) प्रहरी चौकी – प्रहरी नायब निरीक्षक

२. प्रहरी कार्यालयहरूको आदेशको श्रृंखला (चेन अफ कमाण्ड) :

(१) प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष रेखदेख तथा नियन्त्रणमा देहायका प्रहरी कार्यालयहरू रहनेछन् :–
(क) महानगरीय प्रहरी आयुक्तको कार्यालय,
(ख) क्षेत्रीय प्रहरी कार्यालय,
(ग) राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान,
(घ) सशस्त्र प्रहरी गण नं. १
(ङ) लागूू औषध नियन्त्रण व्युरो
(च) नेपाल प्रहरी अस्पताल,
(छ) केन्द्रीय अनुसन्धान व्युरो,
( छ १) मानव बेचबिखन अनुसन्धान ब्यूरो,
(छ२) साइबर ब्यूरो,
(ज) बिशेष सुरक्षा गण,
(झ) केन्द्रीयस्तरका विभागहरू,
(ञ) केन्द्रीयस्तरका अन्य प्रहरी कार्यालयहरू ।
(२) महानगरीय प्रहरी आयुक्तको कार्यालय मातहत देहायबमोजिमका प्रहरी कार्यालयहरू रहनेछन् ः–
(क) महानगरीय प्रहरी परिसर,
(ख) महानगरीय प्रहरी शिक्षालय,
(ग) महानगरीय सशस्त्र प्रहरी तथा दङ्गा नियन्त्रण प्रहरी गण,
(ङ) महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय,
(च) महानगरीय ट्राफिक प्रहरी महाशाखा,
(छ) महानगरीय स्तरका अन्य प्रहरी कार्यालयहरू ।

(३) क्षेत्रीय प्रहरी कार्यालयको प्रत्यक्ष नियन्त्रणमा देहायका प्रहरी कार्यालयहरू रहनेछन् :–
(क) अञ्चल प्रहरी कार्यालय,
(ख) क्षेत्रीय सशस्त्र प्रहरी गण,
(ग) क्षेत्रीय दङ्गा नियन्त्रण प्रहरी गण,
(घ) क्षेत्रीय प्रहरी तालीम केन्द,
(ङ) क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय,
(च) क्षेत्रीयस्तरका अन्य प्रहरी कार्यालयहरू ।
(४) अञ्चल प्रहरी कार्यालयको प्रत्यक्ष नियन्त्रणमा देहायका प्रहरी कार्यालयहरू रहनेछन् ः–
(क) जिल्ला प्रहरी कार्यालय,
(ख) अञ्चल सशस्त्र प्रहरी गुल्म,
(ग) अञ्चलस्तरका अन्य प्रहरी कार्यालयहरू ।
(५) महानगरीय प्रहरी परिसरको प्रत्यक्ष नियन्त्रणमा देहायका प्रहरी कार्यालयहरू रहनेछन् ः–
(क) महानगरीय नगर प्रहरी कार्यालय
(ख) महानगरीय प्रहरी बृत्त,
(ग) महानगरीय प्रहरी प्रभाग,
(घ) प्रहरी चौकी,
(ङ) जिल्लास्तर र मातहतका अन्य प्रहरी कार्यालयहरू ।
(६) जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष नियन्त्रणमा देहायका प्रहरी कार्यालयहरू रहनेछन् :–
(क) इलाका प्रहरी कार्यालय,
(ख) नगर प्रहरी कार्यालय,
(ग) वडा प्रहरी कार्यालय,
(घ) जिल्ला ट्राफिक प्रहरी कार्यालय
(ङ) प्रहरी चौकी,
(च) जिल्लास्तर र मातहतका अन्य प्रहरी कार्यालयहरू ।